सामुदायिक स्वास्थ्य सम्बन्धी एक महिने अध्यन तथा अनुगमन कार्यक्रम सम्पन्न

माघ २५, दाङ । दाङमा सामुदायिक स्वास्थ्य सम्बन्धी गरिएका अध्यनहरुको प्रिजेन्टेसन कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स कलेजमा चौथो बर्षमा अध्यनरत MBBS का बिध्यार्थीहरुले सो कार्यक्रमको आयोजना गरेका थिए ।

बिहिबार गरिएको उक्त कार्यक्रममा एक महिने सामुदायिक स्वास्थय सम्बन्धी गरिएका अनुगमन र अध्यन गरिएका कामहरूको प्रस्तुत गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय घोराही, अञ्चल अस्पताल तुल्सिपुर, हेकुली हेल्थपोस्ट,प्राथमिक स्वास्थय केन्द्र सिरिगाउँ लगायतक स्वास्थ्य कार्यालयले साथ दिएका थिए ।

अध्यन र अनुगमनका क्रममा संघीयता लागु भएपछि स्वास्थ्य क्षेत्रका सबै काम गर्नुपर्ने जिम्मेवारी थपिएकाले काम गर्न थप चुनौती रहेको स्वास्थ कार्यालयहरुले बताएका थिए ।

राप्ती अञ्चल अस्पतालमा भएको कार्यक्रमको प्रमुख अथितीमा सन्जिब परियार रहेका थिए भने विशिष्ट अतिथी टेक बहादुर खत्री रहेका थिए ।

यसैगरी सभापतिमा चुडामणि न्यौपाने थिए भने अनिश थापाले स्वगत मन्तब्य राखेका थिए । यस्तै कार्यक्रमको संचालन MBBS मा अध्यनरत बिद्यार्थी मिलन माझी र सिलु मानन्धरले गरेका थिए । कार्यक्रममा विभिन्न स्वास्थ्य कार्यालयका कर्माचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस