सुर्खेतमा नेकपाको कार्यकर्ता प्रशिक्षण सुरु हुदै

१४ पुस,सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सुर्खेतको आज वाट कार्यकर्ता प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरमा हुदैछ ।
प्रशिक्षण वसपार्कको दक्षिणतिर रहेको चाइना गेट होटलको सभाहलमा विहान १० वजेवाट हुने जिल्ला सेक्रेटरी धुव्रले जनाकारी दिनु भयो ।
सुर्खेतको पूर्वी जिल्ला र पश्चिम जिल्ला गरि दुई जिल्लामा विभाजन गरेको नेकपाले दुवै जिल्लाका अगुवा कार्यकर्ताहरु विच आन्तरिक प्रशिक्षण गर्न लागेको हो ।
प्रशिक्षण दिनको लागि नेकपाका प्रवक्ता प्रकाण्ड मंगलवार नै सुर्खेत पुगिसक्नु भएको छ । उहाँले कार्यकर्ताहरुलाई वर्तमान राजजीतिक परिस्थिति,पार्टीको नीति कार्ययोजा तथा आगामी वाटोको वारे प्रशिक्षण दिनु हुने नेकपा श्रोतले जनाएको छ । साथमा नेकपाका केन्द्रीय सदस्य एटमले पनि प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणपछि पूर्वी र पश्चिम जिल्लाको संयुक्त वैठक पनि वस्ने छ ।

वैठकवाट नेकपाले जिल्लामा आगामी दिनमा सुर्खेतमा गर्नु पर्ने काम र तत्काल स्थानीय चुनाव नभएर जनमतसंग्रहको चुनाववाट वैज्ञानिक समाजवादमा जानुु पर्ने र राष्ट्रघाती एमसीसीका विरुद्ध जनता संगठित गर्नुपर्ने लगायतका निर्णय गर्नेछ ।
ती निर्णय कार्यन्वयना लागि कार्यकर्तामा गतिपैदा गर्न र प्रतिक्रियावादी,दलालहरुले फैलाएका भ्रमहरु साफ गर्न पार्टी प्रशिक्षण गर्न लागेको नेकपाको भनाई छ ।
प्रवक्ता प्रकाण्डले मंगलवार नै जनपत्रकार संगठनको आयोजनामा भएको पत्रकार सम्मेलन मार्फत एमसीसी नेपालमा कुनै पनि वाहनामा लागु गर्न नहुने र खारेज गर्नुपर्ने वताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस