नेकपाको जारी महाधिवेशनको बन्दसत्रमा थप ७ जनाको सुझाव प्रस्तुत

२९ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी महाधिवेशनको वन्दसत्रमा थप सात जनाले आ आफ्नो धारणा राखेका छन । तीन जना समूह नेता र ४ जना पार्टी केन्द्रीय समितिका सदस्यहरुले आ आफ्नो धारणा राखेका हुन ।

पार्टी केन्द्रीय समितिका सदस्यहरुबाट अनिल शर्मा विरही,भेजराज भूसाल, सुवास र सञ्जीवले धारणा राखेका छन । उनीहरुले पार्टीले ल्याएको राजनैतिक प्रस्ताव,विधान र जातीय प्रस्ताव अहिलेको आवश्यकता भएको वताएका छन ।

साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध लडेर विजयी हुन र नेपालमा वैज्ञानिक समाजवाद ल्याउन सकिने विचार निमार्ण गर्न महाधिवेशन ऐतिहासिक हुने वताएका छन । नेताहरुले पार्टीमा जनवादी केन्द्रीयताको विषयलाई सहि तरिकाले लागु गर्न सकेमा मात्र पार्टी संगठनमा गति पैदा हुने पनि वताएका छन ।

बन्दसत्रमा समूह नेताहरु पाँच नम्वरबाट रणदीप, ८ नम्वरबाट नारायण र १६ नम्वर समूहबाट विबेकले समूहगत धारणा राखेका छन ।
समूहको धारणा राख्ने नेताहरुले पार्टीले दलालपूजीवादको अन्त्य गर्न वैचारिक हतियार तिर्खानु पर्ने वताएका छन ।

तर उनीहरुले उत्तर साम्राज्यवाद र भूमण्डलीकृत पूँजीवादका विषयमा पार्टीले स्पष्ट पार्नुपर्ने माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस