शिक्षा र स्वास्थ्य क्षेत्रको ग्यारेण्टी गर्ने व्यवस्था वैज्ञानिक समाजवाद मात्र भएको विप्लवकोउद्घोष

नमूना विद्यालयको उद्घाटन

३ भाद्र ,काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी) को पहलमा निमार्ण गरिएको एक विद्यालयको नेकपाका महासचिव विप्लवले शुभकामना मन्तव्य मार्फत सुक्रवार उद्घाटन गर्नु भएको छ ।

शुभकामना मन्तव्य मार्फत महासचिव विप्लवले नेपालमा निशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गर्ने उत्तम व्यवस्था नै वैज्ञानिक समाजवाद भएको वताउनु भएको छ । उहाँले दलाल पूँजीवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य क्षेत्र जनताको पहुचमा कहिलै पनि नहुने स्पष्ट पार्नु भयो ।

उहाँले च्यात्राको विद्यालय निमार्णले यहाँका वालवालिकाहरु शिक्षाको उज्यालो ज्योतिवाट वञ्चित हुन नपर्ने वताउनु भयो । महासचिव विल्लवले दलाल व्यवस्थाकै कारण विकट ठाउँहरुमा शिक्षा र स्वास्थ्यको पहुच पुर्यान नसकेको भन्दै व्यवस्था परिवर्तन विना यस्ता समस्या कहिलै पनि हल नहुने शुभकामना मन्तव्य मार्फत ठोकुवा गर्नु भयो ।

राज्यले समेत गर्न नसकेका शिक्षा र स्वास्थ्य क्षेत्रका कामहरु आफ्नो पार्टीले देशका धेरै ठाउँमा विस्तार गर्दै आइरहेको भन्दै महासचिव विप्लवले त्यसैको निरन्तरता रुवरुप च्यात्राको विद्यालय निमार्ण गरिएको ठोकुवा गर्नु भयो ।
महासचिव विप्लवले संविधानमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई जनताको मौलिक हकको रुपमा व्याख्या गरिएपनि संविधान नै जनताका विरुद्ध भएकाले त्यस्तो व्यवस्था कार्यान्वय हुन नसकिएको वताउनु भयो ।

जनतालाई लुट्ने,ठग्ने, र सम्पति कुम्ल्याउने व्यवस्था नै दलाल पूँजीवादी व्यवस्था भएकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजीकरण गरेर जनता माथि लुटतन्त्र मच्चाईएको महासचिव विप्लवले दाबी गर्नु भयो ।
मकवानपुर र धादिङको सिमाना स्थित बेनिघाट रोराङ गाँउपालिका वडा न. १ र २ को सिमानामा पर्ने चेपाङ–तामाङ बस्ति च्यात्रामा निर्माण गरिएको नमुना बिद्यालयको महासचिव विप्लवले शुभकामना मन्तव्य मार्फत उद्घाटन गर्नु भएको हो ।

चेपाङ्ग तथा तामाङ्ग समुदायको बसोबास रहदै आएको सो ठाउँमा विद्यालय नहुदा वालवालिकाहरुको पढन पाठनमा समस्या रहेको थियो । विद्यालय निमार्ण भएपछि वालवालिको पठनपाठनमा सहजता हुने छ ।

राज्यले नेकपा माथि प्रतिवन्ध लगाएको समयमा नेकपाका महासचिव विप्लवले सो ठाउँमा विद्यालय वनाउन विद्यार्थी संगठनलाई जिम्मेवारी दिनु भएको थियो ।

नेकपाका महासचिवले दिएको जिम्मेवारी अनुसार विद्यार्थी संगठनले विद्यालय वनाएपछि स्थानीयवासी भने हर्षित भएका छन । शिक्षाको उज्यालो ज्योतिवाट वञ्चित वालवालिकाहरु अव पढन पाउने भएका छन । भौगोलिक विकटता र राज्यको व्यवास्ताका कारण सो क्षेत्रका करिव ५२ जना वालवालिकाहरु विद्यालय शिक्षा बाट वञ्चित हुनु परेको थियो ।

अखिल क्रान्तिकारीले विद्यालयको भवन निमार्ण संगै आवश्यक शैक्षिक सामग्री समेत जुटाईएको छ ।
उता शिक्षा क्षेत्रलाई प्रभावकारी रुपमा जनताको पक्षमा लैजान खोजेको नेकपा विरुद्ध भने सरकार लागि परेको छ ।

नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरु विरुद्ध ललितपुर उच्च अदालत द्धारा साउन १६ गते पक्राउ पुर्जी जारी गरेको छ ।
यसले सरकार नेकपा विरुद्ध निरन्तर लागि रहेको र तीन बुँदे सहमति विरुद्ध लागेको राजनीतिक विश्लेषकहरुले वताउने गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस