चैत २६ काे विथलडाँडा विद्रोह दिवस मनाउँदै

चैत २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोटले संयुक्त रूपमा माल्कोटको विथलडाँडा ऐतिहासिक महिला विद्रोहलाई विशेष कार्यक्रमको आयोजना गरि सोमबार मनाउँदै छ ।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोट संयुक्त आयोजनामा माल्काेलमा विथलडाँडा घटनाको स्मरणमा विशेष कार्यक्रम आयोजना गरि बिद्रोहमा सहभागी महिलाहरुलाई सम्मान गर्न लगेको हो ।

नेकपाले हरेक वर्ष जिल्लाको ऐतिहासिक महिला विद्रोह घटना भएको भन्दै चैत २६ लाई बिशेष दिनको रूपमा कार्यक्रम गर्दै आएको छ ।

आज भन्दा २६ वर्ष अघि जनयुद्धलाई दबाउन तत्कालीन सरकारका सुरक्षाकर्मी २०५४ साल चैत २६ गते जनदमनका लागि माल्कोट विथलडाँडा पुगेका थिए ।

सुरक्षाकर्मीहरुले विथलडाँडाकी प्याउकला विकको घरमा खानतलासी गर्दै उनको टाउकोमा गोलि प्रहार गरेका थिए ।

उत्त घटनापछि सबै माल्काेटी शाहसी महिलाहरु संगठित भएर जनदमनमा गएको सुरक्षाकर्मीमाथि घरेलुु औजार ढुंगामुढाले आक्रमण गरे ।

प्रहरीलाई महिलाले लखेट्दै रहगाड हुदै काेटबाडाकाे चिउरीमेलाकाे एउटा ओडारमा थुनेर आगो लगाउँदा एकजना हवल्दार सहित तीनजनाको ज्यान गएको थियो ।

घटनामा अरू प्रहरी भाग्न सफल भएका थिए भने एउटा हतियार खाेसेर नेकपा माओवादीलाई बुझाएका थिए ।

महिलाहरूको शाहसीक प्रतिरोधमा काेटबाडाका कालीबहादुर बिककाे उच्च साहदत भयो भने एकजना पुरुष सहित पाँच पाँचजना महिला घाइते भएका थिए ।

साेही घटनाको उच्च कदर गर्दै यो वर्ष पनि नेकपाले चैत २६ लाई विरता दिवसकाे रूपमा मनाउन लागेको छ ।

नेकपाका पाेलिट ब्युरो सदस्य तथा अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष बन्धु सीले लगायतका केन्द्रीय स्तरका नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्ने र बिद्रोहमा सहभागी तथा कालिकोटको पहिलो सहिद कालिबहादुर विक र जीवित घाइते महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यससँगै अनेम संघ (क्रान्तिकारी) पश्चिम कालिकोटको जिल्ला  सम्मेलन उद्घाटन कार्यक्रम पनि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस