श्रमलाई सम्मान गरौं र उत्पादनमा आत्मानिर्भर बनाैं: दिनेश सी

३ बैशाख, काठमाडौं । युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले श्रमलाई सम्मान गर्दै आत्मनिर्भरताकाे लागि युवाहरू उत्पादनमा जाेडिनुपर्ने बताउनुभयो ।

साेमबार युवा संगठन नेपालकाे पाँचौं राष्ट्रिय सम्मेलनले निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष दिनेश सीले यस्तो बताउनु भएको हाे ।

उहाँले हाम्रा हिमाल, पहाड र तराईमा रहेका बाझो जमिन जोत्ने र यही बसेर आफू र देशलाई आत्मानिर्भर बनाउनेमा युवाहरुले लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दिनेशले राराष्ट्रघाती एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध र सिमा अतिक्रम देखि १९५० देखिका असमान सन्धीहरु खारेजी हुनुपर्ने भन्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सबै गाेलबन्द हुनुपर्नेमा जाेड दिनुभयो ।

उहाँले मिटर व्याज पिडित र सहकारी पिडितहरुको आन्दोलनमा युवा संगठनको एक्यवद्धता रहेको भन्दै दोसिलाई कार्वाही गरेर छाेड्ने समेत उद्घोष गर्नुभयो ।

अध्यक्ष दिनेशले युवाहरुकाे रोजगारीको ग्यारेन्टी गर्न बन्दरहेका राष्ट्रिय उद्योग कलकारखाना सरकारले संचालन ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकिकरण र किसानलाई समयमै मल र बीउ उपलब्ध गराइदिनु पर्नेमामा पनि जाेड दिनुभयो ।

उहाँले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित वसोवासी नागरिकहरुको समस्यालाई सरकारले यथासिघ सामाधान गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दिनेशले दलालपुँजीकाे अन्त्य गरी राष्ट्रिय पुँजको निर्माण र राष्ट्रिय पुजीँपती वर्गको हित र संरक्षण हुने नीति अवलम्वन गर्नुपर्नेमा जाेडदिनु भयो ।

उहाँले वैदेशिक राेजगारिकाे लागि विदेशीयका नेपालिहरु अलपत्र पर्ने, महिलाहरुलाई वन्धक वनाई हिंसामा पार्ने गरेको भन्दै त्यस्ता दलालहरुलाई सरकारले कार्वाही गर्नुपर्ने रअलपत्र परेकाहरूलाई उद्गार गर्नुपनेमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

अध्यक्ष दिनेशले दलाल पजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन युवाहरुलाई आग्रह समेत गर्नुभयो ।

युवा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सीले स्वागत मन्तव्य राख्दै संकट ग्रस्त दलाल पुजिवाद र असफल संसदिय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवादका लागि देशभक्त, कम्युनिस्ट, वामपंथि, लोकतान्त्रवादी, प्रगतिशिल र समाजवाद चाहने सम्पुर्ण युवाहरुलाई सहकार्य र खुल्ला वहसमा आउन अनुरोध गर्नुभयो ।

उहाँले भ्रष्टाचार, कमिसन, महंगी कालोवजारी, तस्करी, सामजिक असुरक्षा, लागू औषध कारोवार, लागू औषध सेवन, महिला माथि हुने हिंसा, जातीय छुवाछुत, मानव तस्कर देह
व्यापार, बिकृती विसंगति र युवाहरुले संघर्षकाे लागि युवालाई आग्रह पनि गर्नुभयो ।

संगठन अध्यक्ष दिनेश सीकाे अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन महासचिव सुभाष सीले गर्नुभएको थियो भने पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित समसामयिक प्रस्ताव सचिव अनिल सीले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस