स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुन १८, कालिकोट । स्वास्थ्य अधिकार सम्वन्धि सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम आइतबार खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्याक्रम अन्तरगत इन्सेक कालिकोटको आयोजनामा स्वास्थ्य अधिकार सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि कालीवहादुर मल्लको अध्यक्षतामा तथा जिल्ला अस्पताल विकास समिति कालिकोटका अध्यक्ष सरोज वोगटी प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रको समस्या समाधानका उपायवारे छलफल भएको थियो ।

हिमचुलि कृषि सहकारी सस्थाको हलमा आयोजित कार्यक्रममा सहभागि सरोकारवालाहरुले नगरपालिकामा रहेका सवै वडाको स्वास्थ्य अवस्था तथा समस्याको पहिचान गरेका इन्सेक सहजकर्ता एवम पत्रकार रमेश सुनारले जानकारी गराउनु भयो ।

खाँडाचक्र भित्र रहेको जिल्ला अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य इकाइमा जनशक्ति, उपकरण, खानेपानी, सौचालय, भवन र आवश्यक औषधीको समेत समस्या रहेकोले नगरपालिकाले ध्यान दिन आवश्यक रहेको वताइएको थियो ।

अन्तरक्रियामा खाँडाचक्र नगरपालिका स्वास्थ्य संयोजक रविन्द्र सेजुवाल, मानवअधिकार समुहका अध्यक्ष अविसरा अधिकारी, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश कमिटी सदस्य कर्ण विश्वकर्मा, नगरिक समाजका तुलाराज पाण्डे, पत्रकार महासंघका साधना शाही, सञ्चारिका समुहकी पवित्रा जैसी लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।

यस्तै कार्यक्रममा नगरपालिकामा रहेका स्वास्थ्य व्यवस्थापन समितिका प्रतिनिध,स्वास्थ्यकर्मी,मानवअधिकारकर्मी, पत्रकार,नागरिक समाज लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस