यो गीत वर्षौंअघि गोठमा गीत गाउँने समयमा हाम्रा गाउँकी चेलीहरुले कुनै ठाउँका पाहुनालाई भनेकी थिइन् अरे । सल्लो र देवदारको दियालो र झुलो तथा डंसिलको सहारामा आगपाड्नो बाट आगो बालेको देखेका चेलीहरुले राति गोठभित्र हातमा झिल्ल टर्च बलेको देख्दा हात बिजुली भन्ने शब्द बन्यो ।
दानसिं भन्ने मान्छेबाट तिला नदिमा जुम्ला भएर देवदारका दार बगाएको देखेका कारणले त्योपनि गीत बन्यो ।उतिबेला दानसिं ले बगाएर ल्याएका दारहरु प्रयोग गरेर बनाएका घरहरु अहिलेसम्म पनि धेरै छन् र देख्न पाइन्छन् । दानसिंले लिएको दार अहिलेसम्म गीत बनेेेेजस्तै कर्णालीबाट सुन,चाँदी,हिरा,मोती जस्तै कैयौं बहुमुल्य बस्तुभाउहरु अन्यत्र बगेको बगेइ छ ।
यसरी आफ्नो तर्फबाट यार्सागुम्बा,कस्तुरी,सिलाजित र काइनाइटहरु अरुलाइ दानदिने दानी कर्णाली बच्चा जन्माएर हुर्काउने आमा जस्तै दुब्लाउदै आएको छ । कर्णालीबाट सोर्नेहरु पोषण पाएको बच्चा जस्तै हुर्किदै मोटाउदै तरुनो भएका छन् । यस्तो दानी कर्णालीले आमाको रुपमा मान पाउनपनि सकेको छैन ।यतिमात्रै नभएर भाषा,सँस्कृति,सभ्यता र राजनीति सिकाउने गुरु हाम्रो कर्णाली दुब्लाउदै आउनुपर्ने र यसको दोहन गर्ने बिचौलीयाहरु मोटाघाटा बन्नुपर्ने अवस्था अझैसम्म कायमै छ ।
कर्णालीमै बसेर कर्णालीवारे अध्ययन नगरेकाहरु कर्णालीलाइ दुःख को सागर सम्झिने गर्छन । कर्णालीकै भूगोलमा जमेका र मोटाएकाहरु पनि कर्णालीलाइ अभावको राजधानी हो भनेर चर्चा र अपब्याख्या गर्छन् । यदि कर्णाली दुख्ख को सागर र अभावको राजधानी हुदो हो त कर्णाली राष्ट्रिय- अन्तर्राष्ट्रिय चासो र भ्रमणको भूमि हुन सक्थेन ।
कर्णालीकै कारण कर्णालीका टाँठाबाठा मात्रै नभइ बाहिरका चुसुवाहरुका महलहरु शहर बजारमा ठडिन सक्थेनन । पत्रकारहरुले धेरै वर्ष खाद्यान्न अभावको भूमि भनेर कर्णालीवारे लेखे । अहिले कर्णालीका कुना कुना सम्म सडेको खाद्यान्न पुगेको छ । कर्णालीमा विश्वकै उत्कृष्ट मार्सिधान फल्छ र घियाँसिमी को दालको स्वाद सँगै त्यो खाना परिकार तारे होटलका टेबुलमा पुग्यो भने कर्णालीले नेपालकै गौरव राख्छ भनेर लेखेनन् ।
कर्णाली भाषा,संस्कृति,पर्यटन,जडिबुटी,
विद्धान,अन्वेषक तथा राष्ट्रगुरु योगी नरहरिनाथका अनुसार सभ्यताको खानी कर्णालीमा कम्तीमा पनि सुनखानी,तामाखानी,सीसाखानी,शि
यो भन्दा अर्को व्यवस्था ल्याउनका लागि फेरि कुनै क्रान्ति र युद्ध गरिरहनपर्ने पनि आवश्यकता देखिदैन । मुलुकले नेपालको राजनीतिक इतिहासमै विकासका लागि अवसर स्वरुप बामपंथी बलियो सरकार प्राप्त गरिसकेको छ । यसै समयमा स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्र सरकारले अहिले कर्णालीलाइ बुझेन भने कहिले बुझ्न सकिन्छ ? अहिले कर्णालीको विकास गर्न सकिएन भने कहिले गर्न सकिन्छ ? भनेर स्वभाविक रुपमा प्रश्न उब्जिने स्थिति छ ।
आचार्य कौटिल्यको अर्थशास्त्रमा भारत देशतिर निर्यात हुने काला भिङ्सी नामका कम्मल नेपाल देशबाट निर्यात हुन्छन् भनिनुमा पक्कैपनि नेपालको कर्णाली प्रदेश क्षेत्र बाहेक अन्यत्रबाट निर्यात भएका हैनन् । केन्द्र सरकारले कर्णाली प्रदेश केन्द्रित भएर ठूला राजमार्ग,हाइड्रो,हवाई मैदान,विमानस्थल,सुरुङ मार्ग र उधोग,कलकारखाना लगाएतका आयोजनाहरु निर्माणमा प्राथमिकता दिन जरुरी छ । प्रदेश सरकारबाट प्रदेशको विशिष्टतामा आधारित उत्पादन र रोजगारका साथी पूर्वाधार निर्माणका कार्यक्रमले गति लिन आवश्यक छ ।
देशमा बिधमान चुनौतीरहित बामपंथी सरकारबाटै कर्णाली प्रदेशलाइ समृद्धितर्फ लैजान ठूलो सम्भावना र अवसर छ । कर्णालीको अथाह जल सम्पदा,जडिबुटी र खनिज एवम् पेट्रोलियम पदार्थ मात्रै सही सदुपयोग र संरक्षण गर्न सक्यौं भने हाम्रो प्रदेशलाइ लाग्दै गरेको कुपोषण भगाउन र छिट्टै अन्य प्रदेशभन्दा मोटो प्रदेश बनाउन सकिनेछ । प्रदेश समृद्धिको यात्रामा मुख्यगरी जनप्रतिनिधि सबैले दक्षता प्रकट गर्नु आवश्यक छ । स्थानीय निर्वाचन नहुँदा लामो समयसम्म कर्मचारीलाई दोष थुपार्दै देश विकासले गति लिएन भनेझैं अहिले भन्ने र उम्कने ठाउँ छैन । यसैगरी हिजोको केन्द्रिकृत सामन्ती राज्यव्यवस्था जस्तै अहिलेको व्यवस्थाले बाधा अड्चन सृजना गरेकाले केही गर्न सकिएन भनेर उम्कने स्थितिपनि छैन ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)देशको सबैभन्दा शक्तिशाली पार्टी भएका बखत पार्टीको मार्गदर्शक सिद्धान्त अनुसार देश समृद्धिको यात्रामा सबै पार्टी सदस्यहरु कटिबद्ध भएर लाग्ने हो भने मुलुकलाई चाडैं समृद्धि दिन सकिने सुनिश्चित छ ।देशका लागि आएको नयाँ व्यवस्था विशेषगरी कर्णाली र मधेस जस्तै भूगोलका लागि बढी उपयुक्त छ । यदि यो व्यवस्थाले जस्तै नभएर पुरानै केन्द्रिकृत शाषण व्यवस्था कायमै रहनु पर्थ्यो भने कर्णालीका जस्तै बस्तीहरुले वर्षौ पछि सम्म सडक सपनामै सिमित रहने थियोे ।केन्द्र सरकार मार्फत आउने झिनो बजेटले कर्णालीका चट्टान फोड्न सम्भव हुने थिएन । अहिले स्थानीय सरकार मार्फत पनि बृहत योजनाहरु निर्माण गर्न सम्भव बनेको छ ।
धेरै भन्दा धेरै बिकट भनिएका स्थानीय तहहरुमा पनि स्थानीय स्रोत बाटै सडक,बिधुत,शिक्षा,सञ्चार र यातायात लगाएतका महत्त्वपूर्ण पूर्वाधारहरु धमाधम निर्माण भैरहेका छन् । बजेटको प्रभावकारी कार्यान्वयनका लागि सुशासनको पक्षमा जोड दिएर वास्तविकरुपमा जनपक्षीय काम हुन सकेमा कर्णालीले छिट्टै काया फेर्न सम्भव छ । प्रत्येक स्थानीय तहमा राजनीतिक खिचातानी बढेर बजेटलाई कार्यकर्ता पोषणमा लगाइएन भने विकास धेरै टाढाको बिषय बन्ने छैन । मेरो नजरमा जनप्रतिनिधिहरुमा पछिल्ला दिनमा उत्तरदायित्व बढेको देखेको छु ।
अधिकांश जनप्रतिनिधि युवा अवस्थाका हुनु र उनीहरुमा जति बिलासिता बढेपनि पछि भविष्यप्रति पनि आशावादी भएर काम गर्ने विषयले सकरात्मक प्रभाव पारेको छ । जनप्रतिनिधिमा बिलासिता र कर्मचारी विशेषगरी करार कर्मचारीमा चाडैं कमाउको सोचलाई अन्त्य गराउन सक्नु देशकै लागि अपरिहार्यता छ । पछिको आश मारेकाहरु खासगरी (नेकपा)एकताको कारण फेरि चुनावी परिणाम पोल्टामा नआउने डरले हतोत्साहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिमा आर्थिक पारदर्शिताको लगाम लाग्न जरुरी छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिमा फेरिपनि दोहरिन सक्ने गरेर देश,जनता र पार्टीप्रति जवाफदेही भएर काम गर्ने जोस जाँगर बढ्न जरुरी छ ।