बर्दियाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

प्रदेश विशेष

बर्दियाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

२५ कात्तिक, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बर्दियाका एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–८ का ३२ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल […]

बैजनाथमा कोभिड अस्पताल संचालन

कार्तिक २४ वाँके । बैजनाथ गाउँपालिकाले गरीब परिवारका लागि कोभिड १९ अस्थायी अस्पताल गाँउपालिकामा संचालनमा ल्याएको छ । २० शैयाको कोभिड १९ अस्पताको आतबार गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले उद्घाटन गर्दै जसको आर्थिक अवस्था कम्जोर छ उहाँहरुका लागि कोभिड […]

चिनी मिलका मालिकलाई पक्राउ गर्छौंः मन्त्री भट्ट

कार्तिक २३ काठमाडौं । आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटम सहितको स्मरण पत्र बुझाएका छन् । आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाई मन्त्री भट्ट लाई स्मरण पत्र बुझाइएको हो […]

रोल्पाका एक पुरुषको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु

कात्तिक २३, बाँके । रोल्पाका एक जना ५६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ । जिल्लाको रोल्पा नगरपालिका वडा नं. ४ का ती पुरुषको गएराति १२ ः १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । बाँकेका कोरोना […]

कोटेश्वरका चलखेल सामना गर्न तयार छुः प्रधानमन्त्री

कार्तिक २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरूद्धमा चलखेल भएको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिनु भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सुरूमै आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले अस्थिरता निम्त्याउने गरी षडयन्त्र भइरहेको समेत आरोप लगाउनु […]

ओली प्रचण्डको विवाद झन् उत्कर्षमा

कार्तिक २०, काठमाडौँ । सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरेका छन । ती नेताका अुनसार छलफल […]

स्वास्थ्यमन्त्री ढकाललाई एक साताभित्र जवाफ दिन सर्वोच्चको आदेश

कार्तिक २०, काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निःशुल्क उपचार गर्नु भनी गत असोज १५ गते सर्वोच्च अदालतले आदेश दिएको […]

नेकपाले सल्लाह विना उठाएको १ लाख ८४ हजार फिर्ता गर्यो

कात्तिक १५ कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले पार्टी संग सल्लाह विना २ जना जिल्ला सदस्यहरुले जनता वाट उठाएको १ लाख ८४ हजार रुपैया फिर्ता गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोडा गाउँका स्थानीय दायराम […]

दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

१५ कात्तिक, वाँके । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो । उनी कात्तिक ११ गते अस्पताल […]

वाँकेमा महिला उपकारले महिला लुट्दै,

कार्तिक १५ गते वाँके । उपकार लघु वित्त संस्था लिमिटेड वाँकेले महिलाहरुको उपकारको नाममा महिलाहरुको लुटकारको काम गरेको रहस्य खुलेको छ । गाउँ घरका सोझा सिधा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारि महिला उपकारको नाममा समुहमा वसाल्ने र विभिन्न तरिकाले लुटको खेति […]